इभीएम सञ्चालन टोलीलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20240403-WA0245.jpg

मंगन: मंगन जिल्लाका इभीएम सञ्चालन टोलीलाई लिएर आज अन्तिम चरणको प्रशिक्षण कार्यक्रम पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य इभीएम सञ्चालन टोलीलाई इभीएम सञ्चालन गर्ने प्रक्रियाबारेमा विस्तृतरूपमा अवगत गराउनु रहेको थियो। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले चुनाउ प्रक्रिया सम्बन्धी कार्यमा संलग्न पदाधिकारी र सबैको दक्षता र उनीहरूको महत्वबारे जानकारी गराए। सोही प्रकारले जिल्लास्तरीय मास्टर ट्रेनर पाल्देन लाचुङपाले प्रशिणार्थीहरूलाई ईभीएमको सामग्री व्यवस्थापन र प्रक्रियाबारेमा अवगत गराए। कार्यक्रममा चुनाउ प्रक्रिया र सहभागीहरूको जिम्मेवारी पनि विभाजन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement