मुख्यमन्त्रीको उपस्थितिमा विभिन्न पार्टी त्याग गर्दै एसकेएममा सामेल

IMG-20240403-WA0239.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा चुनाउमा एसकेएम पार्टीको जित निश्चित रहेको सम्भावना देखेपछि हाल विभिन्न पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल हुनेहरूको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ। यसै क्रममा आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तांमाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गर्दै एसडीएफ, सिटीजन एक्सन पार्टी र अन्य पार्टी त्याग गर्दै एसकेएम पार्टीमा धेरै जना सामेल भएका छन्। यसरी एसकेएम पार्टीको लोकप्रियतालाई ध्यानमा राख्दै अन्य पार्टी त्याग गरेर एसकेएम पार्टीमा धमाधम सामेल हुने क्रम जारी रहेको छ। विशेष गरेर एसकेएम पार्टीको नीति, सिद्धान्त र मुख्यमन्त्रीले गरेको कामलाई सराहना गर्दै पार्टीमा सामेल भइरहेका छन्।

आज राज्यको विभिन्न जिल्लाबाट धेरै जनाले मुख्यमन्त्री समक्ष भेट गर्दै पार्टीको झण्डा र पुस्तक ग्रहण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement