सिक्किमवासीहरू अहिले मनमा डर बोकेर बसिरहेका छन् र कसैले पनि खुल्ला रूपमा केही गर्न सकिरहेका छैनन्: पिञ्चो छोपेल लेप्चा

n5972151781712162611247e7c26f5d1f710d640b62c01cfaffa3382d01bb176a8f001bf1f5b04ef8087275.jpg

गान्तोक: एसडीएफ पार्टीको गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार पिञ्चो छोपेल लेप्चाले यस चुनाउमा सिक्किमे जनताको साथ अनि समर्थन पाएको खण्डमा सिक्किमले गुमाएको सुनाम फर्काइल्याउन उच्च प्राथमिकता दिएर काम गर्ने बताएका छन्। राजधानीमा आज पत्रकारहरूसित कुराकानी गर्दै लेप्चाले उक्त कुरा भनेका हुन्। उनले सिक्किमवासीहरू अहिले मनमा डर बोकेर बसिरहेका छन् र कसैले पनि खुल्ला रूपमा केही गर्न सकिरहेका छैनन् भने। उनले एसडीएफलाई जनताले सत्तामा पुऱ्याएको खण्डमा गान्तोकलाई देशकै सुरक्षित शहर बनाउने र राज्यले गुमाएको सुनाम फर्काइल्याउन काम गर्ने बताए।

उनले पहिले आफु विधायक छॅंदा गरेका कार्यहरूमाथि प्रकाश पार्दै डेभलपमेन्ट एरियामा ट्राफिक समस्या समाधान गर्न गरेको पहलबारे बताए। उनले डेभलपमेन्ट एरियामा धेरै जनाको घरको जमिन रेगुलराइज नरहेको र आफुले यस सम्बन्धमा काम गर्दा गर्दै चुनाउ आएपछि यो काम थॉंतीमा रहेको बताए। उनले आफुले चुनाउ जितेको खण्डमा थॉंतीमा रहेको रेगुलराइजको कामलाई पूरा गर्ने बताए।

उनले आफ्नो चुनाउ प्रचारको काम राम्रै चलिरहेको र मानिसहरूबाट धेरै समर्थन प्राप्त गरिरहेको बताए। उनले गान्तोकवासीलाई अघि आएर आफ्नो मताधिकार प्रयोग गर्न अपील पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement