कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ७६० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।
मन्त्रालयअनुसार हिजो ५,९२६ जनाको कोरोना परीक्षण गरेकोमा ७६० जनामा संक्रमण पुष्टि भएको छ। (२,५८९ जनाको आरटी-पीसीआर परीक्षणमा ४९४ जना अनि ३,३३७ जनाको एन्टीजेन परीक्षणमा २६६ जना गरी ७६० जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३२४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,६०२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३२,६१३ पुगेको छ भने ११,९६९ जनाको मृत्यु भएको छ। यसरी नै ९,७१,२५० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,१९,१३० रहेको छ।