बालुरघाटबाट आरएसपी उम्मेद्वारले दर्ता गराए नामांकन

Screenshot_20240403_223623_Chrome.jpg

बालुरघाट: बालुरघाट लोकसभा क्षेत्रबाट वाम मोर्चाको घटक दल आरएसपी (रिभोल्युशनरी सोशलिस्ट पार्टी) उम्मेद्वार जयदेव सिद्धान्तले आफ्नो नामांकन दर्ता गराएका छन्।
बुधवार अपरान्ह वाम उम्मेद्वारले बालुरघाट शहरमा आएर आफ्नो नामांकन दर्ता गराए। उनीसित ऱ्यालीमा सयकड़ौं पार्टी कार्यकर्ता अनिसमर्थकहरू सामेल भए। वाम उम्मेद्वारसित माकपाका जिल्ला सचिव नन्दलाल हाजरा, आरएसपी नेता सुचेता विश्वास सहित अन्य नेता उपस्थित थिए। यसबीच नामांकन दर्ता गर्ने अवधिमा बालुरघाट जिल्ला मेजिस्ट्रेट कार्यालय परिसरमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको थियो। उल्लेखनीय छ, आगामी २६ अप्रेलमा बालुरघाट लोकसभा क्षेत्रको लागि मतदान हुनेछ। नामांकन दर्ता गराउने अन्तिम मिति ४ अप्रेलसम्म हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement