एयर इण्डियाको ‘फ्लाइंग रिटर्न्स’ कार्यक्रममा फेरबदल

IMG-20240318-WA0282.jpg

ग्राहकहरूलाई हुनेछ फाइदा

नयाँ दिल्ली: टाटाको अगुवाईमा रहेको निजी क्षेत्रकको विमानन कम्पनी एयर इण्डियाले सरल संरचना सहित आफ्नो ‘फ्लाइंग रिटर्न्स’ लोयल्टी कार्यक्रमलाई लञ्च गरेको छ। यो कार्यक्रम भारतको पहिलो फ्रिक्वेन्ट फ्लायर कार्यक्रम हो जसबाट एयर इण्डियाका ग्राहकहरूलाई अतिरिक्त लाभ मिल्नेछ। एयर इण्डियाले बुधवार ‘एक्स’ पोस्टमा जारी एक बयान मार्फत उक्त आशयको जानकारी दिएको छ। कम्पनीले भनेको छ, एक दशकभन्दा अधिक समयमा ‘फ्लाइंग रिटर्न्स’ लोयल्टी कार्यक्रममा पहिलो पटक फेरबदल गरिएको छ। यद्यपि एयर इण्डियाले वर्तमान सदस्यहरूको संख्या खुलासा नगरी भन्यो, कार्यक्रमका सदस्यहरूले अब आजदेखि शुरू हुने नयाँ संरचनाको आधारमा लाभ उठाउन सक्नेछन् तथा आंक एकत्र गर्न सक्नेछन्। एयर इण्डियाको संशोधित कार्यक्रममा अब कुनै ग्राहकद्वारा अर्जित अंकको कुनै समय-सीमा हुनेछैन।एयर इण्डियाको परिवर्तित फ्लाइंग रिटर्न्स लोयल्टी प्रोग्रामको अंग भएर तपाईहरूले कुनै पनि रिवार्डको लाभ उठाउन सक्नुहुन्छ। फ्लाइंग रिटर्न एयर इण्डियाको लोयल्टी प्रोग्राम हो जसमा यात्रीहरूले मील अथवा प्वोइन्ट कमाउन सक्नेछन्। एयर इण्डियाको फ्लाइटमा यात्रा गर्ने क्रममा यसको प्रयोग गर्न सक्नेछन्। यो पोइन्टको माध्यमबाट तपाईहरूले एयर इण्डियासित सम्बन्धित होटल- रेस्टोरेन्टहरूमा छुट पाउन सक्नुहुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *