समासद रतन थापा एवम् टोलीले विद्युत विभागीय अधिकारीसित भेट

IMG-20220804-WA0134.jpg

गोरूबथान: दैनिक जनवृद्धिको कारण आजभन्दा २०-३० बर्ष अघि त्यसताकका वातावरणअनुसार जडान गरिएको बिजुलीले हालको समयमा गोरूबथानको जनसाधारणको निम्ति समस्याको कारण बन्दै गइरहेको छ। गोरूबथानवासीले बर्षैदेखि बिजुली सम्बन्धि समस्याहरू भोग्दै आइरहेको सबैलाई ज्ञात भएको कुरो हो। गोरूबथानवासीले विजुली सम्बन्धी समस्याको समाधान हेतु या त बिजुली बिल सम्बन्धि जानकारीको निम्ति गोरूबथानदेखि १५-२० कि.मि.टाडो उदलाबाडी (क्रान्ति रोड) मा अवस्थित विधुत विभागको कार्यालय धाउनु पर्ने अवस्था छ। समय र राशीको नाश साथै कहिले काहिँ समस्याको समाधान पनि नहुदाँ निराश भएर फर्किनु पर्ने भन्ने गुनासो बारम्बार सुन्नमा आइरहन्छ। अझ विस्वादको कुरो गोरूबथान बजारबाट १५ -२० कि.मि. पर्ने गर्छ तर गोरूबथानको दुरदराज स्थलबाट जलपाइगढी जिल्लाको उदलाबाडी पुगेर आफ्नो कार्य गर्नु मात्र पनि बास बस्दै आउनु पर्ने अवस्था छ। अझ कार्यालय पुगेर मात्र हुन्न अझ गम्भीर विषय भाषाको समस्या। यस्तो धेरै समस्याहरू पोको भएर बसिरहेको छ। तर निमुखा जनसमुदयले विलाप गर्नु बाहेक केहि गर्नु सकिरहेको थिएन। यहि सन्दर्भ लिएर गोरूबथान, ४३ न.समष्टि सभासद रतन थापा कहाँ जनहस्ताक्षर भएको एउटा लिखित गुनासोको आधारमा हिज दिनांक ०३/०८/२०२२ बुधबारको दिन जलपाइगढी जिल्ला माल बजारमा अवस्थित डब्ल्यु बिएसइडीसीएल डिभिजनल अफिसरसित सभासद लगायत एक टोलीले भेटवार्ता गरि गोरूबथानवासीको सहजताको निम्ति उदलाबाडीको क्रान्तिमा अवस्थीत कार्यालय (उपभोक्ताहरूलाई बिजुली प्रतिको समस्याको तुरन्त समाधान हेतु कार्यालय/ दुरदराज स्थलको निम्ति तुरन्त समस्या समाधानको निम्ति ठेगानामा पुग्ने गाडी र कर्मचारी/अनि बिजुली बिल सम्बन्धी समस्या र भुगतानको सहजताको निम्ति एउटा युनिट कार्यालय गोरूबथानमा पनि खोलिनु पर्ने माग राखेको छ।

उक्त माग पत्र ग्रहण पश्चात विद्युत विभागीय अधिकारीले यस विषयलाई चाँडो भन्दा चाँडो उच्च अधिकारी समक्ष राखेर पारित गर्ने पूर्ण विश्वास दिलाएका छन्। अधिकारीको भनाईअनुसार गोरूबथानवासीले उक्त समस्याहरू भोग्दै आएको जानकारी रहे तापनि कसरी विषयलाई अघि बढाउनेबारे पहलको मार्ग तयार बनाउन असुविधा भइरहेको थियो। यसप्रकारको जन-आवेदन र निर्वाचित ब्यक्तिहरूको पदक्षेपले कार्यालयलाई पनि समस्याको विषयहरू अघि बढाउन सजिलो हुनेछ भनी जानकारी एवं पहलको निम्ति धन्यवाद टक्राउदै समस्या समाधानको निम्ति उच्च अधिकारीसित भेटवार्ता गरि सम्भावित बुदाँहरू जतिसक्दो चाडो सुविधा उपलब्ध गराउने वाचा गरे।उक्त भेटघाटको टोलीमा गोरूबथान, ४३ न.समष्टि समासद रतन थापालाई साथ दिँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (जोन-१)सभापति सुर्यमणि राई, मूल सचिव काशीराम प्रधान, उप-सभापति निमा तामाङ, (जोन-२) सभापति पेमा योञ्जन अदि विशेषरूपमा उपस्थिति रहेको थिए भनि सह-सचिव ताब्रस हैदर अलीले प्रेस विज्ञप्ति जारी गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *