मणिपुरमा दुई जनाको मृत्यु

dead-body-Rep-Image-1

इम्फाल(मणिपुर): मणिपुरमा विगत २४ घण्टामा भएका छुट्टाछुट्टै घटनाहरूमा दुई जनाको मृत्यु भएको छl  सात सुरक्षाकर्मीहरू छह जना राज्य बल र एक जना सीआरपीएफ कर्मचारीरू घाइते भएको पुलिसको भनाइ छ। इम्फाल पूर्वी जिल्ला खाबेसोई मामाङ लिकाइका ३२ वर्षीय एमडी खुर्फल उर्फ अबुजाको शव बुधबार बिहान ८ बजे सोही जिल्लाको आशिलो धानबारीमा फेला परेको थियो। पुलिसले युवकको शवलाई पोष्टमार्टमका लागि जेएनआईएमएस अस्पतालको शवगृहमा राखेको छ। हत्याको कारणबारे अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। इम्फाल पश्चिम जिल्लाको लाम्फेल पुलिस चौकीअन्तर्गतको नामदेलङमा मंगलबार भाडाको कोठामा ३६ वर्षीय रितेशकुमार मगर घाँटीमा कपडाको टुक्रा बेरेर मृत अवस्थामा फेला परेका थिए। रितेशकुमार मगरको अनुहार, हात र छातीमा घाँटीको चोट लागेको छ। उनी काङ्पोकपी जिल्लाको कङ्गलाटोन्बी गाउँका बासिन्दा थिए। पुलिसले मृतकको शव रिम्स अस्पतालको शवगृहमा राखेको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement