रेलको ठक्करबाट एक जनाको मृत्यु

खोरीबारी: खोरिबारीको पानीटेङ्की नजिकै गौरसिङजोत क्षेत्रमा रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। यो समाचार लेख्दासम्म मृतकको परिचय प्राप्त हुन सकेको छैन। ती व्यक्ति रेलवे लाइन पार गर्दै थिए भन्ने बताइएको छ। यसैक्रमममा रेलको ठक्करबाट तिनको मृत्यु भएको थियो। खबर पाएलगत्तै पानीटेंकी थानामा पुलिसल र रेलवे पुलिसका अधिकारी घटनास्थलमा पुगेका थिए ।लाश बरामद गरी पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको थियो। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement