मिरिक: वर्तमान देशको राजनीति अनि राज्यको वर्तमान अवस्थालाई हेरेर लेफ्ट फ्रन्टले कांग्रेस पार्टीसित मिलेर लोकसभा चुनावमा सीट सेयरिङ गरेको छ। दार्जीलिङ संसदीय क्षेत्रमा कंग्रेस प्रार्थी डा मुनिष तामाङलाई समर्थन गर्ने निधो गरेको भनी माकपा नेता एंव पूर्व राज्य सभा सांसद समन पाठकले बताएका छन्। दार्जीलिङ जिल्ला सीपीआइएम (माकपा)ले इण्डिया गठबन्धनका कांग्रेस प्रार्थी डा मुनिष तामाङलाई समर्थन गर्ने भएको छ। दार्जीलिङ जिल्ला माकपा नेता समन पाठकले आज पत्रकारहरुलाई सम्बोधन गर्दै भने देशको हितमा पहाडको जनताको हितमा यस चोटि विकल्पको रूपमा कांग्रेसलाई जिताउन जरूरी रहेको छ भनी बताएका छन्। भाजपाले हाम्रो जनताको भावनासित खेलवाड मात्रै गरेको छ। गोर्खाको भलो भाजपाले कहिले चाहेनन्। राज्यको तृणमूल सरकारले पनि कहिले विकास गरेन। गरीब दु:खी मजदुरलाई कहिले पनि हेरेको छैन। भाजपाले जनतालाई पहाडको सन्दर्भमा पीपीएस, अलग राज्य मांग अनि एघारवटा जनजातिको मुद्दालाई पनि पार लगाउन सकेन। यस्तो दललाई कसरी विश्वास गर्नु। यता राज्यको तृणमूल सरकारले पनि केही गरेन। राज्यमा तृणमूलको सरकार आएपछि नै भष्ट्रचार शुरू भएको हो। यसले राज्यमा केही गर्न सकेन।अब आइएनडीआइ अलाइन्सको दलले जनताको हितमा राष्ट्रको हितमा कार्य गर्ने छ। यसोसले ब्रामफ्रन्ट सीपीआएम तथा अन्य सहयोगी दलहरू मिलेर कांग्रेस प्रार्थी डा मुनिष तामाङलाई भारी मतले विजय गराएर संसदमा पुर्याउन सबैले मतदान गरौं भनेर भनेका छन्।









