भाजपाका सांसदलाई संसदमा पठाउनुपर्छ अनि मात्र सत्तारुढ सरकारमाथि दबाब सिर्जना गर्न सकिन्छ: डा महेन्द्र पी लामा
दार्जीलिङ: भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको नामांकन पत्र भर्ने दिन आज दार्जिलिङको चौरास्तामा सम्पन्न चुनावी सभामा शिक्षाविद डा महेन्द्र पी लामा पनि उपस्थित रहेका थिए। उनले पनि चौरास्तामा सम्पन्न चुनावी सभालाई सम्बोधन गरेका थिए। भाजपा प्रार्थी राजु विष्टले नामांकन पत्र बुझाउने समय पत्रकारहरूसित कुराकानी गर्दै डाउहिल महेन्द्र पी लामाले भाजपाका सांसदलाई संसदमा पठाउनुपर्छ अनि मात्र सत्तारुढ सरकारमाथि दबाब सिर्जना गर्न सकिने बताए। उनले विगत ७५ वर्षमा बंगाल सरकारले गोर्खालाई केही नदिएको र लामो समयपछि चिया बगानका जनतालाई ५ डेसिमल जमीन दिने वाचा गरेको र ५ डेसिमल जमीन कति हुन्छ भन्ने सबैलाई थाहा भएको बताएका छन्। उनले आफू र आफ्ना साथीहरूले केन्द्र सरकारलाई गोर्खा र पहाडको समस्याबारे सोधेको र केन्द्र सरकारले गोर्खा र पहाडका जनताको वास्तविक समस्याबारे हामी अनभिज्ञ रहेको भन्दै जवाफ दिएको कुरा राखे साथै पहाडका प्रतिनिधिसँग कुरा गर्दा उनीहरूले केन्द्र सरकारले उनीहरूको एक कुरा नसुनेको गुनासो रहेको बताएका छन्। त्यसर्थ लामाले प्रतिनिधि र केन्द्र सरकारबीचको खाडल रहेको बताउँदै त्यो खाडललाई पूर्ति गर्नु आफ्नो प्रमुख भूमिका रहेको बताएका छन्।