‘गुरु दक्षिणा’: श्री हस्त नेचाली अभिनन्दन ग्रन्थ लोकार्पण हुने

IMG-20240403-WA0226.jpg

खरसाङ: वरिष्ठ साहित्यकार हस्त नेचालीको अभिनन्दन ग्रन्थ ‘गुरु दक्षिणा – श्री हस्त नेचाली अभिनन्दन ग्रन्थ’ विमोचन हुने भएको छ। उक्त अभिनन्दन ग्रन्थ आगामी ६ अप्रेलको दिन सालबारीको समाज सेवा भवनमा गुरु दक्षिणा भूतपूर्व विद्यार्थी समूह तीनधारेको आयोजनामा सम्पन्न हुने भएको छ। युवराज सुन्दास र डा अमीर दर्जीको सम्पादनमा रहेको उक्त गुरू दक्षिणा – हस्त नेचाली अभिनन्दन ग्रन्थको प्रकाशन समृध्दि प्रकाशन पुसुम्बिङ चियाबारी रहेको छ। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण समारोहको अध्यक्षता वरिष्ठ साहित्यकार एंव साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको पूर्व संयोजक डा जीवन नामदुङले गर्नेछन् भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार विन्ध्या सुब्बा उपस्थित रहने सम्पादन मण्डलीले जानकारी गराएका छन्। प्राप्त जानकारी अनुसार हस्त नेचालीको आफ्नो कर्म थलो तीनधारे रहेको र तीनधारेमा उनी सन् १९७३ देखि सन् १९९८ सम्म कार्य गर्दै यहाँ शिक्षादान साथै तीनधारेको शिक्षा, साहित्य, कला, संस्कृति, खेलकूद लगायत अन्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। वरिष्ठ साहित्यकार हस्त नेचालीद्वारा साहित्य। शिक्षा र अन्य विभिन्न क्षेत्रहरूमा दिएको योगदानको मूल्यांकन गर्दै भूतपूर्व विद्यार्थी समूहको पहलमा उनको अभिनन्दन ग्रन्थ ‘गुरू दक्षिणा -हस्त नेचाली अभिनन्दन ग्रन्थ’ प्रकाशन हुन लागेको छ। जानकारी अनुसार हस्त नेचालीको तीनधारेमा रहेका भूतपूर्व विद्यार्थीहरूको समूहले बेला बेलामा घरमै गएर भेटघाट तथा सम्मान गर्ने गरेको र यसपाली सरको विषयमा अभिनन्दन ग्रन्थ नै प्रकाशित गरेको जानकारी गराएका छन्। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा सबैलाई उपस्थित भईदिने आह्वान् पनि गरिएको छ।
वरिष्ठ साहित्यकार हस्त नेचाली एकजना साहित्यकार साथै शिक्षाविद् हुन्। उनले साहित्यमा १४-१५ कृतिहरू दिईसकेका छन् भने प्रकाशोन्मुख कृतिहरू पनि छन्। उनले धेरै पाठ्य पुस्तकहरू लेख्नको साथै विभिन्न पत्र पत्रिकाहरू र पुस्तकहरू पनि सम्पादन गरिसकेका छन्। उनले अरुगि पुरस्कार, नेपाली साहित्य सम्मेलन पुरस्कार, शिक्षा क्षेत्रमा योगदानको लागि लाईभ टाइम एचिभमेन्ट अवार्ड साथै अन्य पुरस्कारहरू प्राप्त गरिसकेका छन् भने विभिन्न संघ संस्थाहरूद्वारा सम्मानहरू पनि प्राप्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *