भाजपाले दार्जीलिङ संसदीय सिटबाट पाँच लाखभन्दा बेसी भोटले जीत दर्ता गर्नेछ: राजु विष्ट

IMG-20240403-WA0199.jpg

दार्जीलिङ: यसपाली पनि दार्जीलिङ संसदीय सिटबाट भारतीय जनता पार्टीको जीत निश्चित छ। यसपाली भाजपाले दार्जीलिङ संसदीय सिटबाट पाँच लाखभन्दा बेसी भोटले जीत दर्ता गर्नेछ भनी भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले बताएका छन्। आज उनले नामांकन पत्र बुझाउने क्रममा पत्रकारहरूसित कुराकानी गर्दै आजको भीड़ जनताको प्यार हो भन्दै यहाँको जनता प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा छ। यहाँको जनता भारतीय जनता पार्टीको साथमा छ अनि यहाँको सबै एलायन्स पार्टीहरू भारतीय जनता पार्टीको साथमा छ भनी बताएका छन्। राजु विष्टले यसपाली पनि भारतीय जनता पार्टीले तेस्रोपल्ट सरकार बनाउनेछ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपल्ट प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन् र यसमा दार्जिलिङको पनि मुख्य योगदान रहनेछ भनी बताए। उनले तृणमूल कांग्रेसमाथि निशाना बनाउँदै तृणमूलले केवल झूठ राजनीति गरेको र झूठ बोल्नु तृणमूलबाट सिक्नुपर्छ भनी व्यंग्य गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *