भोपाल: मध्य प्रदेशको भोपालमा बुधबार राज्यको आर्थिक अपराध शाखाको टोलीले चिकित्सा शिक्षा विभागको एक क्लर्कको ठाउँमा छापा मारेको छ। छापा मार्दा टोलीले जे फेला पार्यो, त्यो चकित पार्न पर्याप्त थियो। घरबाट एक–दुई होइन ८५ लाख रुपियाँ नगद बरामद भएको छ। यसबाहेक क्लर्कको घरबाट चार करोड रुपियाँ बराबरको सम्पत्तिको कागजात पनि फेला परेको छ। क्लर्कको घरबाहिर तीनवाट गाडी र लाखौं मूल्यका गरगहना बरामद गरिएको छ। यो घर चिकित्सा शिक्षा विभागमा कार्यरत क्लर्क हिरो केसवानीको हो। बुधबार बिहान ६ बजे अचानक ईओडब्ल्यूको टोली बैरागढस्थित क्लर्कको आलिशान घरमा पुग्यो। क्लर्कले टोलीलाई देख्दा हातखुट्टा काम्न थालेको थियो। टोली घरभित्र पस्यो र एकै पटक खोजी गर्न थाल्यो। त्यसपछि के थियो, एक एक गरी नोटका बन्डलहरू निस्कन थाले, बन्डलहरू गन्ने हो भने घरमा ८५ लाख रुपियाँ नगद भेटियो।