गेजिङ: साहित्य, संगीत क्षेत्रमा कलम चलाउदै गाउँ अनि राज्यकै नामलाई उज्ज्वल पर्ने लिम्बू साहित्यकार तथा संगीतकार पद्मश्री बीबी मुरिङ्गलाको आज ८२औं जन्मजयन्ती भव्य रुपमा मनायो छ। लिङ्चोम, तिक्जेक, लाङ्गाङबाट गठन भएको सुम्बोना लिम्बू साहित्य संस्थाले आज उनकै पैतृक थलो लिङ्चोममा एक भव्य कार्यक्रमका साथ मनाएको छ। सुम्बोना लिम्बू साहित्य संघका सल्लाहकार एवं ओएसडी एसपी माङ्युङले मुरिङ्लाको परिचय माथि प्रकाश परेl अन्य वक्ताहरुले पनि पद्मश्री लिम्बूको साहित्य अनि सांगीतिक क्षेत्रमा समाजप्रतिको योगदानबारे चर्चा गरे। संगठनिक अध्यक्ष लिला सुबाको अगुवाइमा आज बिहान बीबी मुरिङ्लाको समाधीमा श्रद्धाञ्जली अर्पण गरे पछि बास स्थानमा अनि लिङ्चोम माध्यमिक विद्यालयमा जन्मजयन्ती मनाएको छ। कार्यक्रममा विद्यार्थीहरुले साहित्यकार सुब्बाको साहित्यिक ,संगित अनि सामाजिक सेवाका विषयमा कार्यक्रम गरे। २०१७ मा भारत सरकारले पद्मश्रीबाट सम्मानित भएका मुरिङ्ला लिम्बू जातिको भाषा लिपिका प्रणेता हुन्।
पद्मश्री बीबी मुरिङ्लाको जन्म पश्चिम सिक्किमको लिंगचोम भन्ने ठाउँमा सम्पन्न परिवारमा भएको हो। स्व. लालमान नुगो र स्व. संचारनी लिम्बूका कान्छो छोरा रहेका मुरिङ्ला बाल्यकालदेखि धेरै मेहनती र प्रतिभाशाली थिए सुब्बाको प्रारम्भिक शिक्षा लिङ्चोमबाट शुरु भएको हो भने टीएनए र सेन्ट जोसेफ दार्जीलिङबाट शैक्षिक यात्रा समाप्ती गरेका मुरिङ्लाले अम्बर गुरुङ, कुमार सुब्बा, शान्ति ठटाल, गोपाल योञ्जनजस्ता धेरै संगीतकार, गायक र शब्दकारहरूसँग सम्पर्कमा रहेर संगितिक क्षेत्रमा पनि उत्तिकै ख्याति कमाइएका हुन्। त्यस ताकमा लिङ्चोममा
शिक्षा, यातायात, खानेपानी, बिजुली, स्वास्थ्य केन्द्र, पशुपालन केन्द्र र ग्रामीण सडकको उचित व्यवस्था नभएको एकान्त क्षेत्र थियो। यस्तो बेला उनले गाउँका केटाकेटीलाई पढाउन थालेको कुरा समितिले जानकारी गराएको छ। मुरिङ्गला ८ दिसम्बर १९७५ मा शिक्षा विभागको लिम्बू शाखाको पाठ्यपुस्तक अधिकृत बने। पाठ्यपुस्तक अधिकृत बनेपछि मात्र उनले शैक्षिक सत्रका लागि पहिलो लिम्बू पाठ्यपुस्तक ‘याक्थुक सक्सक निरुम्लो’ उत्पादन गरेका थिए। उनले’ लिम्बू-नेपाली-अंग्रेजी शब्दकोश’, साथै लिम्बू लिपि परिशोधन र लिम्बू कम्प्युटर फन्ट डिजाइन पनि गरेका हुन । ग्रामोफोनको एचएमभीमा पहिलो पटक ‘कास्को जोभान अल्झिएछ’ जस्ता गीतहरू प्रसारण भएका थिए। त्यसपछि उनको अर्को गीत ‘आकाशैको बदल उदायो बतासले’ संगीत प्रेमीहरुको बीचमा पुग्यो। पद्मश्री बीबी लिम्बूको धार्मिक ग्रन्थ मुन्धुममा पनि मुरिङ्गलाको स्वर दिएका छन्। लाढुङ, सेमी ओङ्देरो, लासोरिन फुङ्तगि उनीद्वारा रचित भजनहरू दैनिक गाइन्छ।
उनले ए मेरो मयालु नामक नेपाली कविता रचना गरेका थिए। यसका साथै सिक्किममा नेपाली साहित्य र कलाको क्षेत्रमा उत्कृष्ट सृजनशीलताका साथमा उनको बहुमूल्य योगदानको लागि २०१६ मा सिक्किमको प्रतिष्ठित भानु पुरस्कारबाट सम्मानित गरिएको थियो। उनको ८ जुन २०२२ मा गान्तोकको सरकारी अस्पतालमा निधन भयो।