सिलगढीमा लुटपाटको योजना विफल, तीन अपराधी पक्राउ

photocollage_2024431552430.jpg

सिलगढी: माटिगडा पुलिसले लुटपाटको योजना विफल पार्दै तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुन दास, बुबई दास र मोहम्मद मुस्तफा रहेका छन्। मुस्तफा बालासन र अन्य दुई असिघरका बासिन्दा हुन्। गोप्य सूचनाको आधारमा पुलिसले मंगलबार राति माटिगडास्थित यातायातनगरको आईटी पार्क नजिकैको खाली मैदानबाट तीनैजनालाई पक्राउ गरेको हो। पुलिसले अपहरणकारीहरुबाट धेरै धारिलो हतियार समेत बरामद गरेको छ। स्रोतका अनुसार आईटी पार्क नजिकैको खाली मैदानमा १० देखि १२ जना बदमास जम्मा भएका थिए। पुलिसलाई देखेर कैयौं बदमाश भागे तर तीनजना अपहरणकारी समातिए। अभियुक्तहरू लुटपाट गर्न भेला भएका थिए। पक्राउ परेका बदमाशहरूलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *