बीजेपी उम्मेद्वार कार्तिक चन्द्र पालले गरे रोड शो

IMG-20240403-WA0158.jpg

रायगञ्ज: उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज लोकसभा क्षेत्रका बीजेपी उम्मेदवार कार्तिक चन्द्र पालले आज आफ्नो निर्वाचन क्षेत्र कालियागञ्ज गुदरी बजारको लोकनाथ मन्दिरमा पूजा गरेर चुनावी अभियान शुरु गरे। उनले आज दिनभर हुडखोला कारमा भण्डार क्षेत्र, अनन्तपुर क्षेत्र, धनकैल क्षेत्र, राधिकापुर क्षेत्र, कालियागञ्ज विधानसभाको बोचडांगा क्षेत्रमा रोड शो गरे। पछि कारबाट बाहिर निस्केर बुढापाकासँग हात मिलाएर अभिवादन गरे। भाजपाका उम्मेदवार कार्तिक चन्द्र पालले चुनावी प्रचारका क्रममा जनताको अत्याधिक समर्थनका कारण आफ्नो जित सुनिश्चित भएको बताए।

About Author

Advertisement