आईपीएलमा क्विण्टन डी कक-को ३००० रन पूरा

IMG-20240403-WA0125.jpg

बेंगलुरु: एम चिन्नास्वामी स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विरुद्ध म्याचमा लखनऊ सुपर जाइण्ट्सका ओपनर क्विण्टन डी ककले ८१ रन बनाएर आफ्नो टीमको स्कोरलाई १८१ रनसम्म पुऱ्याए। आफ्नो अर्द्धशतकीय ईनिंग्सको गोरेटोमा डी ककले आईपीएलमा आफ्नो ३००० रन पनि पूरा गरे। यस दक्षिण अफ्रिकी विकेटकीपर ब्याटरले आईपीएलको ९९ वटा म्याचमा ३०४६ रन बनाइसकेका छन्। उनले रिषभ पन्तलाई पछि छोड़ेका छन्, जसले १०१ वटा म्याचमा २९३५ रन बनाएका छन्। डी ककले आईपीएलमा ११६ वटा छक्का लगाइसकेका छन्। आईपीएलको इतिहासमा सर्वाधिक छक्का लगाउनेहरूका सूचीमा क्रिस गेल (३५७) शीर्षमा रहेका छन्। यसबाहेक रोहित शर्माले २६१ र एबी डीभिलियर्सले २५१ वटा छक्का लगाएका छन्। आईपीएलमा दक्षिण अफ्रिकी खेलाड़ीहरूमा सर्वाधिक ५१६२ रन डीभिलियर्सले बनाएका छन्। यसरी डी ककले आईपीएलमा आफ्नो २२औं अर्द्धशतक बनाए। उनले अहिलेसम्म ९९ वटा म्याचमा ३२-को औसत र १३४-को स्ट्राईक रेटले ३०४६ रन बनाइसकेका छन्। दक्षिण अफ्रिकी खेलाड़ीहरूमा डू प्लेसिसले ३३ र डीभिलियर्सले ४० वटा अर्द्धशतक बनाएका छन्। आईपीएलको जारी सीजनमा डी ककले ३ वटा म्याचमा १४१ रन बनाएका छन्। उनले राजस्थान रोयल्स विरुद्ध ४, पञ्जाब किंग्स विरुद्ध ५४ र आरसीबी विरुद्ध ८१ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement