मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले मंगलवार आईपीएल २०२४-को दुईवटा म्याचको कार्यक्रममा फेरबदल गरिएको गऱ्यो। काेलकत्ता नाइट राइडर्स (केकेआर)-को राजस्थान रोयल्स विरुद्ध घरेलु म्याच पूर्व निर्धारित कार्यक्रमभन्दा एक दिन अघि १६ अप्रेलमा गराउने फसेला गरियो जबकि गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच अहमदाबादमा हुने म्याचको कार्यक्रममा पनि बीसीसीआई- ले बद्लाउ गरेको छ। बीसीसीआई-द्वारा जारी बयानमा भनिएको छ, काेलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्सबीच काेलकत्ताको ईडन गार्डन्समा १७ अप्रेलमा हुने म्याच अब एक दिन अघि १६ अप्रेलमा हुनेछ। यसरी अहमदाबादमा पहिला गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच म्याच हुनु थियो, जुन अब १७ अप्रेलमा हुनेछ। बीसीसीआई-का एकजना शीर्ष अधिकारीले बताए अनुसार, काेलकत्ता पुलिसले आईपीएल २०२४-मा केकेआर-को तेस्रो घरेलु म्याचको निम्ति पर्याप्त सुरक्षा उपलब्ध गराउनमा असमर्थता व्यक्त गरेको छ। त्यसको तीन दिन अघि ईडन गार्डन्समा लखनऊ सुपर जाइण्ट्स विरुद्ध पनि म्याच रहेको छ। काेलकत्ता पुलिसले बंगाल क्रिकेट संघ (क्याब)-का अध्यक्ष स्नेहाशिष गांगुलीलाई लेखेको पत्रमा भनेको थियो, म्याच रामनवमीको दिन परिरहेको छ अनि चुनाउनको निम्ति पनि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। यसैकारण १७ अप्रेलमा हुने म्याचको निम्ति पर्याप्त सुरक्षा प्रदान गर्नु सम्भव छैन। सात चरणको आम चुनाउको पहिलो चरणको अवधि १९ अप्रेलमा बंगालमा पनि मतदान हुनेछ।










