साङ्गे ग्याछोकाे भ्रष्टाचार विरोध भाजपालाई समर्थन गरिदिन अपील

photocollage_202442231530244.jpg

गान्तोक: नाथाङ माछोङ निर्वाचन क्षेत्रका भाजपा उम्मेदवार साङ्गे ग्याछो भोटियाले भाजपा उदाउॅंदै गरेको घॉंम भने अन्य राजनीतिक दलहरू अस्ताउॅंदै गरेको घॉंम रहेको बताएका छन्। यस कारण उनले भाजपा उम्मेदवारहरूलाई समर्थन गर्न राज्यवासीहरूलाई अपील गरेका छन्।

भाजपा उम्मेदवार भोटियाले क्षेत्रमा उनको चुनाउ प्रचार राम्रो चलिरहेको र क्षेत्रका जनताबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताए। उनले भाजपा विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल रहेको बताउॅंदै भाजपाको सिद्धान्त आफ्नो माटो पहिला भन्ने रहेकाले सिक्किमले भाजपालाई समर्थन गर्नु आवश्यक रहेको बताए। उनले यसपाली सिक्किमका जनताले भ्रष्टाचारको विरोध गर्दै भाजपालाई समर्थन गर्नेछ भनी आशा व्यक्त गरे।

उनले नाथाङ माछोङमा अहिलेसम्म क्षेत्र बाहिरका व्यक्तिलाई उम्मेदवार बनाएकाले क्षेत्रको विकास हुन नसकेको दाबी गरे। उनले भूमि पुत्र नै जनप्रतिनिधि बनेको खण्डमा आफ्नो क्षेत्रको राम्रो विकास गर्नेछ भने। उनले आफु भूमि पुत्र रहेको बताउॅंदै क्षेत्रको विकासको निम्ति आफुलाई समर्थन गरिदिन अपील गरे।

About Author

Advertisement