अम्बेडकर जयन्ती पालनलाई लिए बैठक

IMG-20240402-WA0266.jpg

गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा आज आगामी १४ अप्रेलको दिन पालन गरिने बीआर अम्बेडकरको १३३औं जन्म जयन्ती तयारीलाई लिएर एक बैठक सम्पन्न भयो। टाशीलिङस्थित सचिवालयमा सम्पन्न भएको बैठकमा पुलिस महानिर्देशक एके सिंह, अतिरिक्त मुख्य सचिव आर तेलाङ, विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकमा अम्बेडकरको जन्म जयन्ती सिक्किम विधान परिसरमा पालन गरिने निर्णय लिएको छ। आगामी लोकसभा र सिक्किम विधान सभाको आगामी आम चुनाव-२०२४ को सन्दर्भमा चलिरहेको आदर्श आचार संहितालाई ध्यानमा राख्दै सबै नियमहरूलाई कडाईका साथ पालन गर्दै आइरहेको छ।

बैठकमा समाज कल्याण विभागले तयार पारेको कार्यक्रमको कार्यक्रम प्रवाहका बारेमा विस्तृत छलफल भएको थियो। मुख्य सचिवले कार्यक्रमलाई सफल बनाउन प्रभावकारी समन्वय गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement