सोरेङ-च्याखुङ समष्टि अन्तर्गत थर्पुमा सम्पन्न भयो एसकेएम पार्टीको अवकाश प्राप्त सरकारी कर्मचारी प्रकोष्ठको समन्वयक सभा

IMG-20240402-WA0263.jpg

सोरेङ: सोरेङ-च्याखुङ समष्टिको समष्टि स्तरीय सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सेवानिवृत्त सरकारी कर्मचारी प्रकोष्ठको समन्वयक सभा थर्पुमा सम्पन्न भयो। सभाको अध्यक्षता निवर्तमान विधायक आदित्य गोलेले गरेका थिए। वहाँको साथमा पार्टीका प्रवक्ता सीपी शर्मा, क्षेत्र स्तरीय समितिका शीर्ष पार्टी पदाधिकारीगण, प्रकोष्ठका सोरेङ जिल्ला संयोजक केबी भण्डारी, उपसंयोजक एसएम तामाङ, सदस्य सचिवद्वय दिनेश चन्द्र दाहाल र बीआर सुब्बा, प्रकोष्ठका सोरेङ-च्याखुङ समष्टि स्तरीय समितिका संयोजक एमबी मोक्तान, उपाध्यक्ष सीके राई, सदस्य सचिव फूर्बा तामाङ र समष्टिका सेवानिवृत्त सरकारी कर्मचारीहरुको उपस्थिति थियो।

समन्वयक सभाको औचित्य बारेमा प्रकाश पार्दै सभाध्यक्ष आदित्य गोलेले सेवानिवृत्त सरकारी कर्मचारी प्रकोष्ठ सत्तारूढ एसकेएम पार्टीको एउटा मुख्य अङ्ग भएकोले गर्दा प्रकोष्ठका प्रत्येक सदस्यहरुले सरकारले कार्यान्वयन गरेका विकासमूलक योजना र जनकल्याणकारी कार्यक्रमलाई जनजनसम्म पुर्‍याउन दायित्त्व निर्वाह गर्नुपर्ने उनले अपील गरे। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा एसकेएम सरकारले सिक्किमे जनताको हितमा उल्लेखनीय कार्य गरेको अनि सरकारले गरेका ती तमाम कल्याणकारी कार्यक्रम र दीर्घकालीन विकासबारे जनतालाई जानकारी गराउन समाजका बौद्धिक जमात मानिने सेवानिवृत्त कर्मचारीहरुले भूमिका महत्त्वपूर्ण रहने उनले बताए।

आदित्य गोले अघि भने, एसकेएम सरकारले सिक्किम राज्य र सिक्किमेली जनताको समुचित हितमा कार्य गरेको छ। सरकारले सेवानिवृत्त सरकारी कर्मचारीहरुको धेरैवटा मागलाई सम्बोधन गरिसकेको छ अनि रहल मागहरु पनि मुख्यमन्त्रीले पूरा गरिदिने आश्वासन दिइसकेको बताउँदै अवकाशप्राप्त सरकार कर्मचारीहरुले निर्धक्क रहेर पार्टीलाई सघाउ पुर्‍याइदिने उनले अपिल गरे। एसकेएम पार्टीले ३२ वटै समष्टि र एकमात्र लोकसभा आसनमा जीत सुनिश्चित गरिसकेको तर अब सबै बुथमा पनि विपक्षी पार्टीलाई भारी मतले परास्त गर्ने लक्ष्य राखेर कार्यकर्ता लागिपरेको उनको मन्तव्य थियो।

सम्बोधन गर्ने क्रममा पार्टी प्रवक्ता सीपी शर्माले प्रकोष्ठका पदाधिकारीहरुले सराहनीय कार्य गरिरहेकोमा पार्टीको तर्फबाट कृतज्ञता प्रकट गर्दै सेवानिवृत्त सरकारी कर्मचारीहरु समाजका मार्गदर्शक सँगसँगै नागरिक समाजका प्रतिनिधि भएको हुँदा पार्टीलाई ठूलो सेवा र टेवा पुग्ने उनले बताए। प्रवक्ता शर्माले अवकाशप्राप्त सरकारी कर्मचारीहरुले सरकारसँग परस्पर सम्बन्ध राखेर काम गर्नसके राज्यको विकासमा धेरै फाइदा हुने उनको निचोड अभिव्यक्ति थियो।

प्रवक्ता शर्माले अघि भने, आगामी विधानसभा र लोकसभा चुनावमा सोरेङ-च्याखुङ समष्टिबाट पार्टी अध्यक्ष पीएस गोले र लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बालाई अन्य समष्टि भन्दा अत्यधिक भोटले विजयी बनाउनुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement