कोचविहार: अभिषेक बनर्जीले लोकसभा चुनावलाई लिएर कोचबिहारमा तृणमूल नेताहरूसँग बैठक गरेका छन्। अभिषेक बनर्जी आज बिहान फुलबारीबाट कोचबिहार पुगेका थिए। उनले पहिले मदनमोहन मन्दिरमा पूजा गरे र त्यसपछि जिल्ला तृणमूल कांग्रेस पार्टी कार्यालय गए। त्यहाँ उनले करिब २ घण्टा बैठक बसे। बैठकमा जिल्ला निर्वाचन समिति बाहेक पञ्चायत समिति र जिल्ला परिषद्का सदस्यहरुको सहभागिता रहेको थियो। बैठकमा धेरै विषयमा छलफल भएको पार्टी स्रोतले जनाएको छ। क्षेत्रका सबै नेता कार्यकर्तालाई महत्व दिन भनिएको थियो। विशेषगरी पुराना नेतृत्वका कार्यकर्तालाई पनि मैदानमा आउन आग्रह गरिएको छ। यद्यपी अभिषेक ब्यानर्जीले यस भेटबारे कुनै प्रतिक्रिया दिएका छैनन्।









