सिलगढीमा तीन देशी बम बरामद

IMG-20240402-WA0237.jpg

सिलीगुड़ी: लोकसभा चुनावलाई लिएर राजनीतिक तनाव बढ्दै गएको छ। यसैबीच सिलगढीमा तीनवटा देशी बम बरामद भएको छ। भक्तिनगर पुलिस थाना अन्तर्गतको खोलाचन्द फापरी क्षेत्रमा बम फेला परेपछि चहलपहल बढेको छ। घटनाको खबर पाएलगत्तै भक्तिनगर पुलिस घटनास्थल पुगेको थियो। सिआइडीको बम डिस्पोजल टोलीलाई खबर गरिएको थियो। बम स्क्वाड पुगेर बमलाई खोला किनारमा लगेको थियो। त्यहाँ तीनवटा बम निष्क्रिय पारिएको थियो। ती बमहरू उक्त क्षेत्रमा कसरी आयो भन्नेबारे पुलिसले अनुसन्धान शुरु गरेको छ। यसैबीच लोकसभा चुनावअघि शहरमा बम भेटिएपछि सर्वसाधारण चिन्तित छन्। सिलगढी महानगरीय पुलिसले सम्पूर्ण घटनाको निगरानी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement