किर्ने एफसी र ६ माईलको जीत

photocollage_20228323586771.jpg

३ अगस्त: टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बुधवार दोस्रो राउण्डको पहिलो दुईवटा म्याच खेलियो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको पहिलो म्याचमा किर्ने एफसी-ले गेलखोला (Geilkhola) एफसी-लाई २-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा ६ माईल पोशिरले मिलन क्लब कालेबुङ (Kalimpong)-लाई २-०-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *