सीएपी सिक्किम र एसडीएफका कार्यकर्ताहरू एसकेएम पार्टीमा सामेल

n5968660721712069516326fda69d7b2f6bff8da8ba754f0ddeef5c925c2d110190fb0d24d5a49fd458badc.jpg

गान्तोक: विभिन्न राजनीतिक दलहरू त्यागेर एसकेएम पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। यस क्रममा आज पनि सीएपी सिक्किम र एसडीएफका कार्यकर्ताहरू एसकेएम पार्टीमा सामेल भएका छन्। उक्त जानकारी एसकेएम अध्यक्ष प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेफमार्फत दिएका छन्।

एसकेएम पार्टीमा सामेल हुनेहरूमा सीएपी सिक्किमका सीएलसी अध्यक्ष बेन प्रसाद गुरूङ, सीएपीका जिल्ला समिति सदस्य एसके गुरूङ, सीएपी सिक्किमका जिल्ला अध्यक्ष बीबी राई र सदस्य ललित गुरूङ रहेका छन्। यसरी नै एसडीएफ पार्टीका सदस्यद्वय तारा कुमार गुरूङ र बिकास गुरूङ पनि एसकेएममा सामेल भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement