कुनै पनि अवस्थामा डा मुनिष तामाङलाई सहयोग अनि समर्थन गर्ने छुइँन: विनय तामाङ

IMG-20240402-WA0243.jpg

दार्जिलिङ: यसपालीको लोकसभा चुनावमा भारतीय राष्ट्रिय कंग्रेसले डा मुनिष तामाङको नाम घोषणा गर्नसाथ कांग्रेस पश्चिम बंगाल प्रदेश कमिटीका सचिव एवं दार्जीलिङका कांग्रेस प्रभारी विनय तामाङले मुनिष तामाङलाई प्रार्थीको रूपमा समर्थन नगर्ने कुरा एकपल्ट फेरि दोहोराएका छन्। गत २९ मार्च २०२४ को दिन जुन वचन मैले दिएको थिएँ सो वचनमा आज पनि म अडिग छु। म कुनै पनि अवस्थामा डा मुनिष तामाङलाई समर्थन अनि सहयोग गर्ने छुइन। अजय एडवर्ड अनि मुनिष तामाङले गलत नीति अप्नाएर समस्त दार्जिलिङ पहाड अनि बंगालको काँग्रेसीहरूका अपमान गरेकोमा म घोर भत्सर्ना गर्दछु भनी विनय तामाङले मीडियामा लिखित बयान सार्वजनिक गर्दै उक्त सन्दर्भमा यसो भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement