दार्जिलिङ संसदीय सिटको लागि बन्दना राईले स्वतन्त्र प्रार्थीको रुपमा बुझाए नामांकन पत्र

IMG-20240402-WA0241.jpg

दार्जिलिङ: दार्जिलिङ संसदीय सिटको लागि बन्दना राईले आज स्वतन्त्र प्रार्थीको रुपमा आफ्नो नामांकन पत्र बुझाएका छन्। बन्दना राईले आज आफ्नो नामांकन पत्र बुझाउन अघि दार्जीलिङको महाकाल बाबा मन्दिरमा पूजा अर्चना गरेकी थिइन्। उनी आफ्नो समर्थकहरूका साथमा चौरास्ताबाट रैलीको साथमा दार्जिलिङ जिल्ला शासक कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र भरेका छन्। बन्दना राईले आज आफ्नो नामांकन पत्र भरेर दार्जिलिङ जिल्ला शासक डा. प्रीति गोयललाई बुझाएकी छन्। आफ्नो पत्र भर्न अघि बन्दना राईले पत्रकारहरूसित कुराकानी गर्दै स्वतन्त्र प्रार्थीको रूपमा जितेर गएका सासंदहरूले आफ्नो क्षेत्र र जातिको लागि धेरै काम गरेको बताउँदै आफ्नो मुख्य मुद्दा नै गोर्खाल्याण्ड रहेको बताइन्। उनले यसपाली हामी खुलेर देशभित्र नै गोर्खाल्याण्ड चाहिएको भनेर खुलेर भन्छौं अनि हामीलाई देशबाहिर गोर्खाल्याण्ड चाहिएको होइन भनी बताइन्।

उनी यसपालीको आफु ठूलो हुद्दा देखाउन आएको होइन तर जनताको साथ र माया चाहिएको बताउँदै आफु बिग्ने भए कुनै राजनैतिक पार्टीको नेता हुने थिएँ होला तर म जाति र समाजको लागि अघि आएको बताएका छन्। बन्दना राईले यसपालीको चुनावमा धेरै आशावादी रहेको पनि जनाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement