देवकुमार खाती स्मृति नक्आउट फूटबलः समर्पण फाउण्डेशन (Samarpan Foundation) विजयी

photocollage_20228323558478.jpg

३ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लब (Bandakheti Sporting Club)-को तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार एउटा म्याच खेलियो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा समर्पण फाउण्डेशनले केकेएसडी पानीघट्टालाई ४-१-ले पराजित गऱ्यो।टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *