नयाँ दिल्ली: फर्मूला वन् रेसिंगका मालिक लिबर्टी मीडिया कर्पोरेशनले मोटो जीपी च्याम्पियनशीपलाई नियन्त्रण गर्ने कम्पनी डोर्ना-लाई खरीद गर्ने घोषणा गरेको छ। यस डीलको मूल्य ४.२ बिलियन यूरो (४.५३ बिलियन डलर) रहेको छ। भारतीय मुद्रामा यो डील लगभग ३७७ अरब रुपियाँको रहेको छ। डोर्ना एउटा अलग कम्पनीको रूपमै चल्नेछ तर अब कम्पनी लिबर्टी मीडियाअन्तर्गत आउनेछ। डोर्नाको हेडक्वार्टर म्याड्रिडमै रहनेछ अनि डोर्नाका सीईओ कार्मेलो एस्पेलेटा पनि आफ्नो पदमा कायम रहनेछन्। एस्पेलेटाले भने, यो मोटो जीपीको विकासको निम्ति एउटा असाधारण कदम हो अनि हामी यसलाई लिएर उत्साहित छौं। यसले डोर्ना, रेसिंग सर्किट र प्रशंसकहरूलाई फाइदा हुनेछ। यस डीलमा लिबर्टी मीडियाले डोर्नाको ८६ प्रतिशत हिस्सा खरीद गर्नेछ अनि रहल १४ प्रतिशत डोर्नाको म्यानेजमेण्टसँग रहनेछ। यो डील २०२४-को अन्तसम्म पूरा हुने आशा छ।









