एसएसबीको ७२औं बटालियनद्वारा चिकित्सा एवं पशु चिकित्सा नागरिक कार्य कार्यक्रम आयोजन

IMG_20220803_235102.jpg

गेजिङ: आजादीको अमृत महोत्सव अन्तर्गत एसएसबीको ७२औं बटालियनले आज रिम्बिकको सामुदायिक केन्द्रमा चिकित्सा एवं पशु चिकित्सा नागरिक कार्य कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रम आयोजन गर्नुको उद्देश्य सुदुर गाउॅंका मानिसहरूलाई लाभ पुऱ्याउनु रहेको थियो।

कार्यक्रममा एसएसबीका अधिकारीहरू र जिल्ला प्रशासनका अधिकारीहरू उपस्थित थिए। यस अवसरमा रिम्बिक सरकारी माध्यमिक विद्यालय परिसरमा विरूवा रोपण अभियान पनि सम्पन्न गरियो। एसएसबीका अधिकारीहरू, जवानहरू र आमन्त्रित अतिथिहरूले लगभग ५० वटा विरूवा लगाए।

यस अतिरिक्त विद्यालयको खेल मैदानमा स्वतन्त्रता दिवस समारोहको शुभारम्भ पनि गरियो। एसबीएसका चेयरमेन डीबी गुरूङको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हर घर तिरंगा अभियान अन्तर्गत राष्ट्रिय झण्डा वितरण गरियो। लगभग २०० वटा झण्डा एसएसबीले प्रायोजन गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *