नयाँ मतदाताहरूलाई मतदान गर्न सचेत गराउँदै

IMG-20240402-WA0168.jpg

कोलकाता: नयाँ मतदातालाई मतदान गर्न उत्प्रेरित गर्न पूर्वी बर्दवान जिल्लाको मंगलकोट ब्लक कार्यालयमा एक सचेतना शिविरको आयोजना गरिएको थियो। उक्त शिविरमा युवाहरुसँगै महिला तथा पुरुषहरुलाई आगामी लोकसभा निर्वाचनमा निर्वाध रुपमा मतदान केन्द्रमा गएर मतदान गर्न प्रोत्साहित गरिएको थियो। मंगलकोट कलेज एण्ड स्कुलका विद्यार्थीहरु संगै यो विशेष कार्यक्रमको आयोजना गरिएको हो। उक्त शिविरमा विद्यार्थीहरुलाई मतदानका बारेमा सचेत गराइएको थियो।

भोटिङ सम्बन्धी प्रश्नोत्तरी प्रतियोगिता पनि आयोजना गरिएको थियो। यस विशेष शिविरमा कटवाको एसडीओ अर्चना पी वाखरेको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement