मध्य कोलकाताको एउटा पुरानो बहुतले भवनको एक भाग भत्किँदा छेउछाउका अन्य दुई घरलाई क्षति

IMG-20240402-WA0172

कोलकाता : मध्य कोलकाताको बाउबजार क्षेत्रको ७ नम्बर रामकनाई अधिकारी लेनमा बिहान ११ बजेतिर घर नम्बर ७ को एक भाग भत्किएको छ। पुरानो बहुतले भवनको एक भाग भत्किँदा छेउछाउका दुईवटा घरको एक भागमा पनि क्षति पुगेको छ। घरका विभिन्न भागमा रुख हटाउने काम चलिरहेको थियो, त्यही क्रममा यो दुर्घटना भएको समाचार। यसअघि पनि वार्ड नम्बर ४८ मा विभिन्न कारणले घर भत्किने र भत्काउने धेरै घटना भइसकेका छन्। खबर पाएलगत्तै स्थानीय ४८ नम्बरका पार्षद विश्वरूप दे घटनास्थल पुगेर घटनाको अवलोकन गरे। उनले भने, ‘यस दुर्घटनामा कसैको मृत्यु वा कोही घाइते भएका छैनन्। सम्पूर्ण घटनाको छानबिन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement