जिंक फूटबल एकाडमीद्वारा सुकनामा ट्रायल गरिने

IMG-20240402-WA0151.jpg

सुकना: युवा फूटबल खेलाड़ीहरूका निम्ति अझ एउटा सुनौलो मौका आएको छ। राजस्थानको चर्चित जिंक फूटबल एकाडमीले अण्डर-१५ र अण्डर-१७ आयु वर्गमा खेलाड़ीहरूका चयन गर्न सुकनामा ट्रायलको आयोजन गर्नेछ। सुकना हाई स्कूल मैदानमा दुई दिवसीय ट्रायल ६ र ७ अप्रेलमा हुनेछ। सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा हुने यस ट्रायलको पहिलो दिन अण्डर-१५ वर्गका खेलाड़ीहरूका निम्ति रहनेछ, जसमा २०१०-देखि २०११-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। यसरी दोस्रो दिनको ट्रायल अण्डर-१७ वर्गका खेलाड़ीहरूका निम्ति रहनेछ, जसमा २००८-देखि २००९-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। ट्रायलमा हिस्सा लिन आउने खेलाड़ीहरूले आधार कार्ड, बर्थ सर्टिफिकेट र मार्क शीट (२ सालको) ल्याउनु अनिवार्य छ। ट्रायलमा चयन गरिएका खेलाड़ीहरूलाई अघिल्लो चरणको निम्ति जिंक फूटबल एकाडमी (जावार माइन्स), उदयपुरमा बोलाइनेछ। ट्रायलमा हिस्सा लिन इच्छुक खेलाड़ीहरू बिहान ८ बजीसम्म मैदानमा पुग्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement