एउटा समूहको रूपमा हामी यसभन्दा असल प्रदर्शन गर्न सक्षम छौंः हार्दिक पाण्ड्या

IMG-20240402-WA0104.jpg

मुम्बई: वानखेड़ेमा मुम्बई इण्डियन्सको प्रदर्शन सदा प्रभावी रहेको छ। विशेषगरी राजस्थान रोयल्स विरुद्ध त टीमले आफ्नो ८ वटा म्याचमा ५ वटा जितेको थियो तर सोमवार राति चाहिँ होम टीमले असहाय आत्मसमर्पण गऱ्यो। इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को १४औं म्याचमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गऱ्यो। प्रतियोगिताको शुरुदेखि नै दर्शकहरूका हूटिंगको शिकार बन्ने मुम्बईका कप्तान हार्दिक पाण्ड्याको निम्ति लगातार तेस्रो हारपछि दबाउ झन बढ़ेको छ। म्याच हारेपछि उनलाई निराश देखियो। हार्दिकले भने, यो निश्चित रूपले कठिन रात थियो। म्याचमा हाम्रो शुरुवात नै खराब रह्यो, जुन हामी चाहँदैन थियौ। म लड़ाइँ गर्न चाहन्थे। हामी १५०-१६० रनको नजिक पुग्ने स्थितिमा थियो तर म आउट भएपछि उनीहरूले खेलमा फर्किने मौका पाए। मैले अझ केही गर्ने आवश्यकता थियो। यो पीच हामीले सोचे जस्तो थिएन तर तपाईंले सदा ब्याटरको दृष्टिकोणले सोच्नु हुँदैन। बलरहरूले पनि मौका पाउनु जरूरी छ। एउटा समूहको रूपमा हामी यसभन्दा धेरै असल प्रदर्शन गर्न सक्षम छौं। हामी सामान्य अनुशासित हुनु पर्नेछ अनि साहस देखाउनु पर्नेछ।

म्याचको कुरा गर्दा सोमवार वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर केवल १२५ रन बनाउन सक्यो। राजस्थानका अनुभवी पेस बलर ट्रेण्ट बोल्टले आफ्नो पहिलो स्पेलमै मुम्बईको शीर्ष क्रमलाई स्वाहा पारे। उनले रोहित शर्मा, नमन धिर र डेवाल्ड ब्रेविसको विकेट लिए, जो आ-आफ्नो पहिलो बलमै शून्य रनमा आउट भए। त्यसपछि ईशान किशन पनि केवल १६ रन बनाएर पभेलियन फर्किए। यसरी केवल २० रनमा ४ विकेटको पतनपछि राजस्थान रोयल्सले म्याचलाई हातबाट उम्किन दिएन। पछिबाट कप्तान हार्दिक पाण्ड्याले ३४ र तिलक वर्माले ३२ रन बनाएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। राजस्थानका बलरहरूमा बोल्ट र युजवेन्द्र चहलले ३-३ विकेट लिए। नान्द्रे बर्गरले पनि २ विकेट हासिल गरे। त्यसपछि राजस्थान रोयल्सले १५.३ ओभरमै ४ विकेटमा १२७ रन बनाएर म्याच जित्यो। रोयल्सको पनि शुरुवात खराब रह्यो अनि एक समय स्कोर ४८ रनमा ३ विकेट रहेको थियो। यशस्वी जयसवाल १०, जोस बटलर १३ र कप्तान सञ्जु सेमसन १२ रन बनाएर आउट भए। त्यहाँबाट चाहिँ रियान परागले अविजित ५४ रन बनाएर टीमलाई जीत दिलाए। परागले ३९ बल खेलेर ५ वटा चौका र ३ वटा छक्का लगाए। आर अश्विनले १६ र शुभम दुबेले अविजित ८ रन बनाए। मुम्बईको तर्फबाट आकाश माधवालले ३ विकेट लिए। बोल्टलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *