कोहलीसँग संयुक्त रूपले ओरेञ्ज क्याप होल्डर बने रियान पराग

IMG-20240402-WA0016.jpg

मुम्बई: राजस्थान रोयल्सको निम्ति मध्यक्रममा रियान परागले असाधारण प्रदर्शन गरिरहेका छन्। उनले आईपीएलको जारी सीजनमा लखनऊ सुपर जाइण्ट्स विरुद्ध ४३, दिल्ली क्यापिटल्स विरुद्ध अविजित ८४ अनि मुम्बई इण्डियन्स विरुद्ध अविजित ५४ रन बनाएर टीमलाई जीत दिलाइसकेका छन्। सोमवार मुम्बई इण्डियन्स विरुद्ध म्याचमा पनि पराग क्रीजमा आउँदा राजस्थान ६.३ ओभरमै यशस्वी जयसवाल, जोस बटलर र कप्तान सञ्जु सेमसनलाई गुमाएर समस्यामा परेको थियो। त्यहाँबाट परागले असाधारण ब्याटिंग गर्दै ईनिंग्सलाई अघि बढ़ाए अनि १३८-को स्ट्राईक रेटले रन बनाउँदै टीमलाई जीत दिलाए। यसको साथै उनले ओरेञ्ज क्याप पनि हासिल गरे। आईपीएल २०२४-मा सर्वाधिक रन बनाउनेहरूका सूचीमा अहिले उनी ३ वटा म्याचमा १८१ रनको साथ कोहलीसँग संयुक्त रूपले शीर्षमा रहेका छन्। सनराइजर्स हैदराबादका हेनरिक क्लासेनले १६७, पञ्जाब किंग्सका शिखर धवनले १३७ र दिल्ली क्यापिटल्सका डेविड वार्नरले १३० रन बनाएका छन्।
म्याचपछि परागले आफ्नो प्रदर्शनबारे कुरा गरे। उनले भने, मैले केही बद्लिएको छुइनँ। केवल कुराहरूलाई सरल बनाएको छु। म्याचको परिस्थितिलाई सोचेर धेरै सोच्नु भन्दा मैले आफ्नो लक्ष्य सीधा र सरल राखेको छु अनि त्यो हो-बललाई हेर्ने अनि प्रहार गर्ने। घरेलु क्रिकेटमा पनि म यस्तै स्थितिमा ब्याटिंग गर्छु। गत ३-४ सालदेखि मैले आईपीएलमा असल प्रदर्शन गर्न सकिन। प्रदर्शन नहुँदा तपाईं ड्रईंग बोर्डमा फर्किनु हुन्छ। मैले वास्तवमा कठोर अभ्यास गरे। मैले यस्तै परिदृश्यहरूमा अभ्यास गरे। अहिले टीमको निम्ति असल प्रदर्शन गर्न सकेर म खुशी छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement