नर्थ इस्ट जोन स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशीपमा सिक्किम राज्यको उत्कृष्ट प्रदर्शन

IMG-20220803-WA0169.jpg

गान्तोकः नर्थ इस्ट जोन स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशीपमा सिक्किम राज्य उत्कृष्ठ प्रदर्शन गर्न सफल भएको छ। २०१४ देखि सिक्किममा शुरु गरिएको यो सहासिक खेल क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको क्षेत्रीय च्याम्पियनशीपमा सिक्किम तेस्रो स्थानमा आउन सफल भयो। जुलाई महिनाको अन्तिम सप्ताहमा गुवाहटीमा आयोजित उक्त च्याम्पियनशीपमा सिक्किमका कुल ९ जना खेलाडीले भाग लिएर दुई वटा स्वर्ण सहित कुल १० मेडल जिते जसका कारण प्रतियोगितामा सिक्किम राज्य तेस्रो बन्न सफल भएको हो।

प्रतियोगितामा मेडल जितेर फर्किएका खेलाडीलाई स्पोर्ट्स क्लाइम्बिङ एसोसिएसन अफ् सिक्किमले आज बुधवार गान्तोकमा एउटा कार्यक्रम आयोजन गरेर सम्मान जनाएको छ। कार्यक्रम अवधि राज्यको खेल तथा युवा मामिला विभागक सचिव राजु बस्नेतले च्याम्पियनशीपमा भाग लिएका सबै खेलाड़ीलाई अभिनन्दन जनाउनसितै बधाई तथा शुभकामना व्यक्त गरे। उनले यो सहासिक खेलको विकासमा एसोसिएसनलाई विभागले हर सम्भव सहयोग गर्ने वचन दिएका छन्।

सिक्किम स्पोर्ट्स क्लाइम्बिङ एसोसिएशनका अध्यक्ष कुञ्जाङ ग्याछोले जानकारी दिएअनुसार लिड, स्पिड र बोल्डरिङ गरि प्रपतियोगिताका तीनै वर्गमा सिक्किमे खेलाडीले भाग लिएका थिए जसमा लिड वर्गबाट विष्णु कुमार गुरुङ र स्पिडबाट रितिस दहालले स्वर्ण पदक जितेका छन्। सिक्किमे खेलाडीले चारवटा रजत र चारवटा कास्य पदक पनि जित्न सफल भएको अध्यक्ष कुञ्जाङ ग्याछोले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *