न्यान्सी पेलोसी फर्किनेसाथ ताइवानमा २७ चिनियाँ लडाकु विमान प्रवेश

Fighter-Plane

ताइपेई: न्यान्सी पेलोसी फर्किएको केही घण्टापछि चिनियाँ लडाकु विमानले ताइवानमा घुसपैठ गरेको छ। २७ चिनियाँ लडाकु विमान एकैसाथ ताइवानको आकाशमा प्रवेश गरेका छन्। ताइवानको रक्षा मन्त्रालयले ती मध्ये १६ रुसी निर्मित सुखोई एसयू–३० लडाकु विमान रहेको बताएको छ। घुसपैठको खबर पाएलगत्तै ताइवानी वायुसेना सतर्क भयो। ताइवानले पनि तुरुन्तै आफ्ना लडाकु विमानहरू चिनियाँ विमानहरूलाई धपाउन पठायो। ताइवानले पनि आफ्नो मिसाइल प्रतिरक्षा प्रणाली सक्रिय गरेको छ। न्यान्सी पेलोसीको ताइपेई भ्रमणपछि चीनले बुधबार एक चीन नीतिको उल्लङ्घन गरेकोमा अमेरिका र ताइवानविरुद्ध कडा र प्रभावकारी प्रतिकारात्मक कदम चाल्ने बताएको छ।

ताइवानको रक्षा मन्त्रालयले घुसपैठ गर्ने चिनियाँ विमानमा ६ जे–११ लडाकु विमान, ५ जे–१६ लडाकु विमान र १६ सुखोई एसयू–३० लडाकु विमान रहेको बताएको छ। यी चिनियाँ विमानहरूले विभिन्न दिशाबाट ताइवानको हवाई क्षेत्रमा घुसपैठ गरेका थिए। यी विमानहरूको जवाफमा ताइवानले तुरुन्तै आफ्ना एफ-१६ लडाकु विमानहरू उडाएको थियो। पहिले नै धेरै ताइवानी लडाकु विमान हावामा उपस्थित थिए। रेडियोको धम्की र ताइवानका लडाकु विमानहरू नजिक आएको देखेर चिनियाँ विमानहरू अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पसे।

चीनले बुधबार एक चीन नीतिको उल्लङ्घन गरेकोमा अमेरिका र ताइवानविरुद्ध कडा र प्रभावकारी प्रतिकारात्मक कदम चाल्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यहाँ पत्रकार सम्मेलनमा भनिन्, ‘हामीले जे भनेका छौं, त्यही गर्नेछौं। कृपया धैर्य गर्नुहोस्l’ चुनयिङ चीनका सहायक विदेशमन्त्री पनि हुन्। राष्ट्रपति साई इङ वेनले ताइवानी नेताहरूमाथि प्रतिबन्ध लगाउने योजना बनाएका छन्, चुनयिङले भनिन्, ‘हामीले जे भनेका छौं त्यही गर्नेछौं। यी उपायहरू कडा, प्रभावकारी र दृढ हुनेछन्l’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *