जन उमुक्ति दिवसलाई लिएर युवा प्रकोष्ठको सभा सम्पन्न

IMG-20220803-WA0167.jpg

पूर्व सरकार र वर्तमान सरकारमा आकाश पातलको भिन्नताः मन्त्री सञ्जीत खरेल

गान्तोक: आगामी १० अगस्तको दिन पालन गरिने जन उनमुक्ति दिवस साथै अन्य विषयलाई लिएर आज सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) युवा प्रकोष्ठको एक सभा सम्पन्न भयो। युवा प्रकोष्ठका राज्य उपाध्यक्ष एवम मन्त्री सञ्जीत खरेलको सरकारी निवासमा सम्पन्न भएको सभामा आगामी १० अगस्तको दिन पालन गरिने जन उनमुक्ति दिवसबारे विशेष गरेर छलफल गरियो। सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले पूर्व सरकार र वर्तमान सरकारमा आकाश पातलको भिन्नता रहेको बताए। वरत्मान मुख्यमन्त्री प्रेम सिंह तामाङले सदैव युवाहरूको हितमा सोच राख्ने भएको कारण जहिले पनि युवाहरूको नाम लिने गरेको अवगत गराए। आगामी दिनमा पालन गरिने जन उनमुक्ति दिवस सफल तुल्याउनको निम्ति युवाहरूले महत्वपूर्ण भूमिका रहने जानकारी गराए। जोरथाङमा पालन गरिने उक्त कार्यक्रममा राज्य विभिन्न पार्टीबाट एसकेएम पार्टीमा सामेल हुने जानकारी गराउँदै सो दिन एसडीएफ पार्टीमा पैह्रौ जाने किटान गरे। यद्पि उनले को- को उक्त कार्यक्रममा एसकेएम पार्टीमा सामेल हुनेछन् भन्नेबारे खुलासा गरेनन्। एसकेएम पार्टी र वर्तमान मुख्यमन्त्रीको कार्यशैलीदेखि प्रभावित बनेर धेरै जनाले एसकेएम पार्टीको झण्डा समाउने निश्चित रहेको जानकारी गराए। यस वर्षको जन उनमुक्ति दिवस एतिहासिक हुने र सो कार्यक्रमलाई भव्य र सफल तुल्याउन युवाहरूले अहंम भूमिका निर्वाह गर्नु पर्ने उनले आग्रह गरे। उनले पार्टीका युवाहरूलाई सम्बोधन गर्दै पार्टी भएको कारण युवाहरूले शिर ठाडो बनाएर हिँडन सकेको जानकारी गराए। यसर्थ पार्टीका युवाहरूले पार्टीको हितमा काम गर्नुपर्ने उनले सुझाउ दिए। यदि कुनै पनि युवाहरूको समस्या भएको खण्डमा युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानसँग सोझै भेट गरेर समस्या समाधान गर्न सकिने बताए। यसरी नै उनले आगामी नोभेम्बर महिनामा सम्पन्न हुने पञ्चायत चुनाउबारे युवाहरूलाई सतर्कता गराउँदै यसको निम्ति अहिलेदेखि नै युवाहरूले तयारी गर्नु पर्ने बताए। यसै क्रममा उत्तर पूर्व जिल्लाका युवा प्रभारी नुक छिरिङ भोटियाले आफ्नो सम्बोधनमा उक्त चुनाउमा स्वतन्त्रता उम्मेद्वारहरूले प्रतिष्पर्धा गर्नेछन् र चुनाउमा विजय भएर आउने उम्मेद्वारलाई पार्टीले स्वागत जनाउने जानकारी गराए।उनले प्रत्येक जिल्लामा पार्टीलाई ग्रामीणस्तरमा मजबुत बनाउनको निम्ति युवाहरूलाई लिएर सभा आयोजना गरिनु पर्ने सुझाउ राखे। विशेष गरेर मंगन, गान्तोक र पाकिम जिल्लाका युवाहरूलाई लिएर आयोजना गरिएको आजको सभामा युवा प्रकोष्ठका राज्यस्तरीय अध्यक्ष लाक्पा मोक्तान लगायत विभिन्न पदमा आसिन युवाहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *