आजादीका अमृत महोत्सव कार्यक्रम

IMG_20220803_225702.jpg

पञ्चायत भवनमा राष्ट्रिय ध्वज उत्तोलन

नाम्ची: आज आजादीका अमृत महोत्सव कार्यक्रम नाम्ची जिल्लाको जिल्ला पञ्चायत भवनमा अन्तर्गत जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटियाको बाहुलीबाट राष्ट्रिय ध्वज उत्तोलन गरियो। यस अवसरमा जिल्ला पञ्चायतको नयाँ गेस्ट हाउसको पनि उद्घाटन गरियो।
उल्लेखनीय छ, उक्त गेस्ट हाउस २०१९-२०को दीनदयाल राष्ट्रिय पञ्चायती राज सशक्तिकरण पुरस्कारको धन राशिद्वारा निर्माण गरिएको हो। यस क्रममा एक कार्यक्रमको पनि आयोजना गरिएको थियो। कार्यक्रममा नाम्ची जिल्ला अस्पताललाई अन सोर्स रेभिन्यूउबाट जिल्ला पञ्चायतगणले स्वास्थ्य सामग्रीहरू पनि प्रदान गरे।

कार्यक्रममा नयाँ जिल्ला योजना अधिकारी कारजाङ डिकी लासोपालाई पनि स्वागत गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटियाले कार्यक्रमको औचित्य विषय प्रकाश पारिन्। यस भन्दा अघि पनि नाम्ची जिल्ला अस्पताललाई जिल्ला पञ्चायतगणले सहयोग प्रदान गरेको जानकारी गराउँदै नयाँ गेस्ट हाउस निर्माण गर्न सहयोग पुऱ्याउने अभियन्ता प्रकोष्ठका प्रतिनिधीगणलाई धन्यबाद दिइन्।

कार्यक्रममा नाम्ची जिल्ला अस्पतालका प्रमुख चिकित्सक अधिकारी डीसी शर्मा, एडीसी सीपी राई, सिनियर एकाउण्ट अफिसर धुर्व मुखिया, डीई इश्वर सुवेदी आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement