आइजोल(मिजोरम): भारी तूफान र चक्रवातले मिजोरममा ठूलो विनाश मचाएको छ। चक्रवातको चपेटमा परेर धेरै घरहरू ध्वस्त भएका छन्। पशुधनलाई पनि निकै क्षति पुगेको छ। आइतवार बिहान नौदेखि दश बजीबिच मिजोरममा विनाशकारी तूफान आयो।
तूफानले सम्पत्ति र पशुधनलाई ठूलो क्षति पुगेको छ। त्रिपुरा र असमको सीमा क्षेत्रमा व्यापक क्षति पुगेको छ। सम्बन्धित क्षेत्रको प्रशासनले क्षतिको आकलन गर्नुका साथै राहत एवं बचाउ कार्य शुरू गरेको छ।
सेरचिप लगायत विभिन्न जिल्लाहरूमा धेरै घरलाई क्षति पुगेको छ। चक्रवातले बिजुलीका खॉंबाहरू उखेलिदिएको छ। ठूला-ठूला रूखहरू पनि जरैसॅंग लडाइदिएको छ। मिजोरम-त्रिपुरा सीमास्थित भांगमुनमा करेन्ट लागेर सियामकुंगाको १० वटा गायको मृत्यु भएको छ।