नगद राशि घटनामा पवन चामलिङको नाम जोडिएकाेमा  एसडीएफले आपत्ति जनाए

00-1-Rajya-Samachar-5

गान्तोक: मल्ली चेकपोस्टमा आज भारी मात्रामा नगद राशिसहित शिरिष खरेलाई अधीनमा लिइएको घटनाको सन्दर्भमा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको नाम अनावश्यक रूपमा जोडेर समाचार प्रकाशित गरिएकोमा एसडीएफले आपत्ति जनाएको छ।

एसडीएफ प्रवक्ता अरुण लिम्बूले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, हामी सबैलाई थाहा छ कि सिक्किम विधानसभा र लोकसभाको चुनाउ प्रक्रियामा छ र आदर्श आचार संहिता लागू गरिएको छ। पवन चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीका अध्यक्ष हुन् र दुई विधानसभा क्षेत्रहरूमा आधिकारिक उम्मेदवारको रूपमा चुनाउ लडिरहेका छन्। तसर्थ, यस किसिमको बयान वा रिपोर्ट गर्नु आपत्तिजनक छ।

उनले यस मामिलामा संलग्न व्यक्ति कुनै अन्य राजनीतिक दलको सदस्य रहेको बताएका छन्। उनले उक्त व्यक्ति एसडीएफ पार्टीको सदस्य नरहेको तथा पवन चाम्लिङ र पार्टीलाई यस विषयमा कुनै जानकारी नरहेको पनि स्पष्ट गरेका छन्।

About Author

Advertisement