३३ ग्रामको यस्तो पर्स  ९९ प्रतिशत हावाबाट निर्मित

Air-Purse-copy

पछिल्लो समय एउटा अनौठो पर्स चर्चामा आएको छ। यसलाई बनाउन हावा र काँच मात्र प्रयोग गरिएको छ। यस प्रकारको यो संसारको पहिलो पर्स हो। यसको तौल बत्तीको बल्ब बराबर छ। यो पर्स पहिलो पटक पेरिस फेसन विकमा प्रस्तुत गरिएको थियो। यसलाई बनाउन ९९ प्रतिशत हावा र एक प्रतिशत काँच प्रयोग गरिएको छ। पेरिस ब्रान्ड कोपर्नीले २०२४ पेरिस फेसन विकमा पर्स ल्याएको हो। न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार यसअघि अमेरिकी मोडल बेला हदिदले पनि एयरब्रस गरी अनौठो लुगा लगाएकी थिइन्। यो ब्राण्डले नासासँगको सहकार्यमा यो एयर स्वाइप ब्याग बनाएको हो। यसको वजन ३३ ग्राम मात्र छ। पर्स पूर्ण रूपमा पारदर्शी देखिन्छ।

कोपर्नीका अनुसार यो क्लाउड जस्तो ह्यान्डब्याग अन्तरिक्ष टेक्नोलोजी ‘न्यानोमेटेरियल सिलिका एरोजेल’बाट बनेको अहिलेसम्मको सबैभन्दा ठूलो चीज हो, जुन पृथ्वीमा सबैभन्दा हल्का तर ठोस पदार्थ हो। नासाले यसलाई स्टारडस्ट समाउन प्रयोग गर्दछ। यसलाई बनाउन ब्रान्डले अमेरिकन युनिभर्सिटी अफ साइप्रसका भिजुअल आर्टिस्ट तथा अनुसन्धानकर्ता इयोनिस मिशेलाउडिसको सहयोग लिएको छ। डिजाइनरहरूले ब्रिटिश वोगलाई भनेअनुसार यसलाई सफल बनाउन १५ प्रोटोटाइपहरू लागे। कम्पनीका सह-संस्थापक र क्रिएटिभ डाइरेक्टर सेबास्टियन मेयर र सीईओ र सह-संस्थापक अर्नाउड भेलान्टले यसलाई ‘वैज्ञानिक तर जादुई’ भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement