इण्डियन क्रिस्टियन माइनोरेटी अर्गनाइजेसनको आयोजनामा गाडीधुरामा ईस्टर विजय महोत्सव कार्यक्रम सम्पन्न

IMG-20240331-WA0326.jpg

खरसाङ: इण्डियन क्रिस्टियन माइनोरेटी अर्गनाइजेसनको आयोजनामा आज गाडीधुरामा विजय महोत्सव कार्यक्रम धुमधामले मनाइयो। कार्यक्रमको शुरूमा यहाँको गाडीधुरा सार्वजनिक भवनबाट एक धार्मिक ऱ्याली निकालियो जसमा इसाईहरूले विभिन्न सन्देशहरू लेखिएको प्ला कार्डहरू हातमा लिएका थिए औ प्रभु येशुको महिमा गाउँदै सम्पूर्ण गाडीधुराको परिक्रमा गरे। यस अवधि एसयुएमआइका सचिव पास्टर कबीर लामाले आजको दिन विशेषगरी प्रभु येशु क्रुसीफाइड भएपछि पुनः बौरी उठेर आफ्ना भक्तहरू अनि अनुयायीहरूमाझ जानुभएको दिन हो भन्दै यस सुखद क्षणलाई खुशीयालीका साथ मनाउन अनि जन मानसलाई प्रभु येशुको शुभ सन्देश पुऱ्याउन पनि यस प्रकारको कार्यक्रम गरिएको जनाए। ऱ्याली पुनः सार्वजनिक भवनमा आएर एक विशेष कार्यक्रममा परिणत भयो। अर्पण प्रधानद्वारा सञ्चालित कार्यक्रममा संगठनका युवा कलाकारहरू एभेञ्चर युवा संगतीका कलाकारहरूले प्रार्थनाका गीतहरू प्रस्तुत गरे भने शुरूको प्रार्थना पास्टर डाक्टर इमानुइल जोसवाले गरेका थिए। त्यसरी नै अल्पसङ्ख्यक बोर्डका अध्यक्ष फादल सोलोमन सुब्बाले पुन:उत्थानको बारेमा जानकारी गराए। तिनले प्रभु येशु संसारमा जन्म लिनुको उद्देश्य तथा तिनी क्रुसीफाइड भएकोदेखि बौरी उठेर चालिस दिनसम्म आफ्ना चेलाहरूसँग बस्नुभएको सबै जानकारी गराए।

कार्यक्रमका विशिष्ट अतिथि क्षेत्रीय सभासद कल्पना प्रधानले पनि कार्यक्रमलाई सम्बोधन गर्दै पुन:उत्थान दिवसको सबैलाई शुभकामना दिइन् औ प्रभु येशुको कृपा सबैमा रहोस् भनी कामना गरिन्। कार्यक्रममा स्थानीय विभाग चर्चका सदस्यहरूद्वारा गीत,नृत्य आदि प्रस्तुत गरे भने धन्यवाद ज्ञापन पास्टर डेविड गहतराजले राखे औ अन्त्यको प्रार्थना पास्टर शान्ता आलेले राखे। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पास्टर कबीर लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *