कछार(असम): कछारमा हेरोइनको साथमा दुई तस्करलाई पक्राउ गरिएको छ। पुलिसले आज बताए अनुसार, विश्वसनीय सूचनाको आधारमा कछार पुलिसले जिल्लाको ढोलाई थाना अन्तर्गत मणिपुरी बजार इस्लामाबाद (बाघा बाजार) मा नशालु पदार्थको परिवहन विरूद्ध एक विशेष अभियान चलायो र दुई संदिग्धलाई पक्राउ गऱ्यो। पक्रा परेका व्यक्तिबाट हेरोइनले भरिएको ३१ साबुनदानी बरामद गरिएको छ। यसको वजन लगभग ३७५ ग्राम र अनुमानित कीमत २ करोड़ रूपियाँ छ। पक्रा पर्ने आरोपीको नाम मोजिबुर रहमान बरभुइयां (२७) र हिरुमोनी लश्कर (२७) बताइएको छ।
नशालु पदार्थको खेप अवैध रूपमा मिजोरमबाट ल्याइएको थियो। एनडीपीएस एक्ट अन्तर्गत नशालु पदार्थ जफत गरेर आरोपीहरू विरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।










