राजु विष्टलाई जिताउनु भनेको मुद्दा फत्ते गराउनु एउटा बलियो पुल बनाउनु हो: एनबी छेत्री
खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको आयोजनामा खरसाङ टाउन हलमा लोकसभा चुनाव विषय लिएर प्रतिनिधि सभा सम्पन्न भएको छ। केन्द्रीय समिति उपाध्यक्ष पीसी अग्रवालको अध्यक्षतामा बसेको सभालाई ब्राञ्च कमिटी महासचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्री, एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, जेबी गुरुङ, केन्द्रीय समिति सदस्य किशोर राई, ब्राञ्च कमिटी अध्यक्ष निमा तामाङ, समष्टिका सम्पूर्ण प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको ब्यापक उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। सभामा लोकसभा चुनाव विषय लिएर ब्यापक छलफल गर्दै चुनावमा पार्टीले निभाउनु पर्ने भूमिकाबारे वक्ताहरुले निर्देशन दिए। लक्ष्यमा पुग्नुको निम्ति गोरामुमोले संघर्ष जारी राखेका छौं। चुनावको माध्यमद्वारा हामीले लक्ष्यमा पुग्नको निम्ति एउटा सिडी बनाएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढीमा गोर्खाहरुको समाधान नजिक रहेको भन्ने वक्तव्यलाई हामीले विश्वास गरेका छौं। देशको प्रधानमन्त्रीले दिएको वचन हो। उनको वचनलाई हामीले विश्वास गर्नुपर्छ भनी बीके राईले आफ्नो वक्तव्यको क्रममा भने। प्रमुख वक्ताको रुपमा बोल्दै एनबी छेत्रीले भने, गोरामुमोले सम्हालेर ल्याएको दार्जीलिङ पहाडलाई फेरि १९८६ साल भन्दा अघिको अवस्थामा अहिलेकोहरुले पुर्याउन खोज्दैछ। यसलाई बचाउन र आफ्नो भूमिका सुरक्षा हेतु गोरमुमोले संघर्ष गर्दैछ। दागोपापलाई हटाएर जीटीए ल्यायो त्यो केवल नेताहरुले पैसा कमाउने स्रोत मात्र भन्यो के अब हामी अझैं पनि शोषणमा बाँच्ने भनी प्रश्न गर्दै भने, यो परिस्थितिबाट निकाल्ने र सोच्ने एउटै मात्र दल गोरामुमो हो। सुवास घिसिङको सिद्धान्तमा रहेर शिरमा राखेर उनको छोरालाई अभिभारा दिएका छौं। अध्यक्ष मन घिसिङले दायाँबायाँ नगरि बिचलित नभई कार्य गरिरहेका छन् र केन्द्र सरकारले पनि अध्यक्ष मन घिसिङले जाति हितमा राखेका कुराहरू स्वीकार गरिसकेका छन्। यसको प्रमाण प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यले दिइसकेको छ। अहिलेको बीजेपी सरकारलाई अध्यक्ष मन घिसिङले सबै कुरा जनाइसकेका छन् तपाईंहरु ढुक्क हुनुहोस्।

गोरामुमोले जनताको चहाना आत्मामा रहेको मुद्दालाई नै अघि राखेका छन्। हामीले बीजेपीलाई सघाएको केवल पाँच वर्ष हो त्यसमा दुई वर्ष कोरोनाकालमा बित्यो। विगत तीन वर्षमा गोरामुमोले गोर्खा जातिको निम्ति गहन रुपमा कार्य गरेका छन्। दश वर्षमा के भयो भएन त्यसको जिम्मेवारी गोरामुमोको होइन। यसैकारण राजु विष्टलाई जिताउनु भनेको मुद्दा फत्ते गराउनु एउटा बलियो पुल बनाउनु हो। यसैकारण तपाईं हामीले राजु विष्टलाई भारी मतले जिताउनु प्रत्येक गोर्खाहरुको कर्तव्य हो भनी एनबी छेत्रीले आफ्नो वक्तव्यको क्रममा भने।