भारतीय जनता पार्टीका धेरै जना एसकेएम पार्टीमा सामेल

IMG-20240331-WA0346.jpg

गान्तोक: विधानसभा र लोकसभा चुनाउ नजिन्दै जाँदा राज्यका विभिन्न राजनीतिक दलका सदस्यहरूले एसकेएम पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। यसै क्रममा आज पूर्व विधायक केएस लेप्चा लगायत विभिन्न पार्टीका कार्यकारिनी सदस्यहरू एसकेएम पार्टीमा सामेल भएका छन्। आज एसकेएम पार्टीमा सामेल हुनेहरूमा रिनाक निर्वाचन क्षेत्रका भारतीय जनता पार्टीका प्रवक्ता कमल अधिकारी, जनजाति मोर्चाका अध्यक्ष कर्मा छोकी भोटिया, जिल्ला महासचिव लक्ष्मी प्रसाद शर्मा, रिञ्चेनपोङ समष्ठीका सीएलसी अध्यक्ष अमित गुरूङ, सोरेङका अध्यङ दिल बहादुर सुब्बा लगायत दिल बहादुर सुब्बा, मोहन गुरूङ, पासाङ छिरिङ भोटिया, भुपेन्द्र सुब्बा,पासाङ भोटिया, जसराज गुरूङ र एनबी सुब्बा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement