चुनावमा गोजमुमोले भाजपालाई समर्थन गरे पनि कुनै असर नपर्ने: अनित थापा

IMG-20240331-WA0305.jpg

दार्जीलिङ: विमल गुरूङले भाजपालाई सघाउने पक्का भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनितले यसले कुनै असर नपर्ने बताएका छन्। गोजमुमोले यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने भनेपछि भागोप्रमो अध्यक्ष अनित थापा यस विषयमा प्रतिक्रिया दिन्दै गोजमुमोले भाजपालाई समर्थन गरे पनि भागोप्रमोलाई कुनै असर नपर्ने बताएका छन्। उनले यस विषयमा भने, गत पञ्चायत चुनावमा पनि गोजमुमो बीजेपीसँगै थियो। उनीहरू अनि अन्य मिलेर नै पञ्चायत चुनाव लडेका थिए। यो नौलो कुरा होइन। छ महिना अघि मात्र हामीले उनीहरूलाई परास्त पारेका थियौं। त्यसैले कुनै मुस्किलको कुरा नै छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement