सिपाहीधुरामा भागोप्रमो र ट्रेड युनियनको सभा र कमिटी गठन

IMG-20240331-WA0303.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र यसको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टीको सांगठनिक सभा सिपाहीधुरामा सम्पन्न भएको छ। उक्त सभाको मुख्य उद्देश्य ट्रेड युनियनको युनिट कमिटी गठन गर्नु र भागोप्रमोको चुनाव कमिटी गठन गर्नु रहेको थियो। उक्त सभा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानको अध्यक्षता र ट्रेड युनियन तीनधारे महानदी समष्टी जोनल कमिटीको सभापति गणु छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा ट्रेड युनियन तीनधारे महानदी समष्टी जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्री, ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जोनल सचिव मनोज प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव सीबी राई, पञ्चायत समिति सदस्या दिक्षा छेत्री आदिले वक्तव्य राखेका थिए। यसै सभामा भागोप्रमो टके ट्रेड युनियनको सिपाहीधुरा युनिट कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति मनोज प्रधान, उप सभापति दिवाकर शर्मा, सचिव मिलन प्रधान, सह सचिव निर्मल प्रधान, मुख्य सल्लाहकारमा मोहनकुमार प्रधान, सीबी राई, राजीव राई, दिक्षा छेत्री, उपेन्द्र राई आदि चयन गरिएका छन्। यसै सभामा भागोप्रमो सिपाहीधुरा शाखामा चुनाव कमिटी पनि गठन गरिएको छ। उक्त चुनाव कमिटीमा मुख्य संयोजकको रुपमा पञ्चायत प्रधान मोहनकुमार प्रधान, सह संयोजकहरू उपेन्द्र राई र दिक्षा छेत्री, कोषाध्यक्ष अनुप प्रधान, सजित राई, मुख्य सल्लाहकारमा मनोज प्रधान, मिलन प्रधान, सीबी राई, सुरज छेत्री, राजीव राई र सबैलाई कार्यकारी सदस्यहरूमा चयन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement