उर्लाबारीमा  सुन व्यवसायी सम्पर्कविहीन

IMG-20240331-WA0003

झापा, भद्रपुर (नेपाल): मोरंग जिल्लाको उर्लाबारी ७ स्थित स्कुलडाँडा चौकमा सुन पसल गर्ने एक व्यक्ति परिवारसहित सम्पर्कविहीन बनेको खुल्न आएको छ। स्थानीय केशव सुवेदीको घरको सटर भाडामा लिई न्यु गजमेर सुनचाँदी पसल संचालन गर्ने रोजन गजमेर सम्पर्कविहीन भएका हुन्। सर्वसाधारणहरूसँग १८ प्रतिशत ब्याज दिने भन्दै गजमेरले रकम लिने गरेका थिए। ऋण लिने र दिने कारोबार गर्दै आएकोमा पसल नै बन्द गरेर एक साता अघिदेखि गजमेर सम्पर्कविहीन बनेको घर धनी केशव सुवेदीले बताए। गजमेरको उर्लाबारी ४ मा रहेको एक तले पक्की घर सुनसान र ताला लगाइएको अवस्थामा छ। गजमेरले श्रीमती र बालबच्चा सँगै लिएर हिँडेको अनुमान गरिएको छ। पसलका कालिगढसंग पनि उनको सम्पर्क नरहेको बताइएको छ। उनीसँग रकम कारोबार गर्नेहरू दिनहुँ सोधिखोजी गर्दै आउने क्रम बढेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement